पुलबाट महाकालीमा हाम फालेका लुहार प्रहरी द्धारा उद्धार

२ बर्ष अघि

२0७९ जेष्ठ ५ बिहीबार

पुलबाट महाकालीमा हाम फालेका लुहार प्रहरी द्धारा उद्धार

दार्चुला । नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलबाट एक जनाले हाम फालेका छन् । महाकाली नगरपालिका–२ पन्डोराका २४ वर्षीय विकास लुहारले पुलको बीच भागबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलका सूचना अधिकारी हिक्मत बहादुर थापाले बताउनु भयो ।  बिहीबार मध्यान्हतिर लुहारले महाकाली नदीमा हाम फालेको तथा पुलको लठ्ठामा अड्किन पुग्दा निजको सकुशल उद्धार गरिएको सूचना अधिकारी थापाले जानकारी दिनुभयो  ।  हाम फालेका लुहारको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको हो । उनको मानसिक अवस्था बिग्रेको बुझिएको छ ।