दार्चुला । दार्चुलाको व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी अध्यक्षमा विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेशका दिलिपसिंह बुढाथोकीलाई पराजित गर्दै धामी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै व्यासको उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मदवार माओबादीका विनोदसिंह कुवँर विजयी हुनुभएको छ । उपाध्यक्षमा एमाले उम्मेदवार चन्द्रा कुवँर पराजित हुनुभएको छ ।
अध्यक्षमा नेकपा एमालेका मंगलसिह धामी २९४९ मतसहित विजयी हुनुभयो । काग्रेसका दिलिपसिह बुढाथोकीले २३९६ मत ल्याउनुभयो । उपाध्यक्षमा माओबादी केन्द्रका बिनोद कुवरले २५१२ मत ल्याएर विजयी हुनुभयो । एमालेका चन्द्रा कुवरले २४९७ मत ल्याउनुभयो ।
व्यासको वडा नम्बर २ बाहेक सबै वडामा नेकपा एमाले विजयी भएको बताइएको छ । वडा नम्बर २ मा कांग्रेशका धिरनसिंह बुढाथोकी विजयी हुनुभएको छ । वडा नम्बर १ मा अशोकसिंह बोहरा, वडा नम्बर ३ मा उपेन्द्रसिंह धामी, वडा नम्बर ४ मा झुनसिंह बिष्ट वडा नम्बर ५ मा बिरसिंह धामी र वडा नम्बर ६ मा राजेश कुवँर एमालेबाट विजयी हुनुभएको छ ।