दार्चुलाका ६१ वडामध्ये एमाले ३४ र गठबन्धन २७ वडामा विजयी

२ बर्ष अघि

२0७९ जेष्ठ ३ मंगलवार

दार्चुलाका ६१ वडामध्ये एमाले ३४ र गठबन्धन २७ वडामा विजयी

दार्चुला । दार्चुला जिल्लामा रहेका ६१ वडामध्ये आधा भन्दा वढि वडामा नेकपा एमालेले जित हासिल गरेको छ । ६१ वडामध्ये नेकपा एमालेले ३४, नेपाली कांग्रेसले १७ र नेकपा माओवादी केन्द्रले १० वडामा जित हासिल गरेको छ । 
जिल्लामा रहेका २ नगर र ७ गाउँपालिकामध्ये दुइटै नगरपालिकामा नेकपा एमाले बहुमत वडा कब्जा गरेको छ । 
महाकाली नगरपालिकामा ६ वडामा जित हासिल गरेको छ भने शैल्यशिखर नगरपालिका वडानम्बर ६ ग्वानी बाहेक ८ वडामा नेकपा एमालेले जित हासिल गरेको छ । 
व्यास गाउँपालिकामा रहेका ६ वडामध्ये ५ मा नेकपा एमाले विजयी भएको छ भने १ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।
दुहु गाउँपालिका रहेका ५ वडामध्ये एमाले र कांग्रेसले समान २÷२ वडामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले एक वडामा मात्रै जित हासिल गरेको छ ।
त्यस्तै मालिकार्जुन गाउँपालिकामा रहेका ८ वडामध्ये एमालेले ४,नेपाली कांग्रेसले ३ र नेकपा माओवादी केन्द्रले १ वडा जितेको छ । लेकम गाउँपालिकामा रहेका ६ वडामध्ये नेकपा एमालेले ४ र नेपाली कांग्रेसले २ वडामा जित हासिल गरेको छ । 
मार्मा गाउँपालिकामा  रहेका ६ वडामध्ये नेकपा एमालेले २,नेपाली कांग्रेसले १ र नेकपा माओवादी केन्द्र ३ वडामा विजयी भएको छ । त्यस्तै अपिहिमाल गाउँपालिकामा रहेका ६ वडामध्ये नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले ३ वडामा विजयी भएको छ  भने नौगाड गाउँपालिकामा रहेका ६ वडामध्ये एमालले ३,कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले १ वडामा मात्रै जित हासिल गर्न सकेको छ ।
नेकपा माओवादी केन्द्र महाकाली नगरपालिका,लेकम गाउँपालिका र व्यास गाउँपालिकामा निल भएको छ भने अपिहिमाल गाउँपालिकामा एमाले निल भएको छ । 
व्यास गाउँपालिकामा नेकपा एमालेका मंगलसिंह धामी अध्यक्षमा विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिलिपसिंह बुढाथोकीलाई पराजित गर्दै धामी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै व्यासको उपाध्यक्षमा भने गठबन्धनका साझा उम्मदवार माओवादी केन्द्रका विनोदसिंह कुवर विजयी हुनुभएको छ । उपाध्यक्षमा एमाले उम्मेदवार चन्द्रा कुवर पराजित हुनुभएको छ । वडा नम्बर १ मा एमालेका अशोकसिंह बोहरा, वडानम्बर २ मा नेपाली कांग्रेसका धिरनसिह वुढाथोकी, वडा नम्बर ३ मा एमालेका उपेन्द्रसिंह धामी, वडा नम्बर ४ एमालेका झुनसिंह बिष्ट, वडा नम्बर ५ एमालेका बिरसिंह धामी र वडा नम्बर ६ मा एमालेकै राजेश कुवँर विजयी हुनुभएको छ ।
शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका विजयसिंह धामी र उपप्रमुखमा शान्ती खडायत निर्वाचित हुनुभएको छ । नौँ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् । शैल्यशिखर–६ मा कांग्रेशका जगदिश धामी निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल , वडा नम्बर ३ मा पदम बहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावती पाण्डे एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कल्यानसिह धामी निर्वाचित हुनुभएको छ । मालिकार्जुनको वडा नम्बर १ मा एमालेका रमेस सिह वोहरा, वडा नम्बर २ मा एमालेका गणेस सिह धामी, वडा नम्बर ३ मा एमालेका मदन सिह धामी, वडा नम्बर ४ मा नेपाली कांग्रेसका धन सिह धामी, वडा नम्बर ५ मा एमालेका मदन बहादुर चन्द, वडा नम्बर ६ मा कांग्रेशका गोकर्ण धामी, वडा नम्बर ७ मा कांग्रेशका बहादुर चन्द र वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका केशर सिह धामी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।
लेकम गाउँपालिकामा गठबन्धनबाट माओवाादी केन्द्रका रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका माधवी जोशी विजयी हुनुभएको छ । गठबन्धनलाई पराजित गर्दै लेकमको वडा नम्बर १ मा नवराज पन्त, वडा नम्बर ३ मा सुरेशसिंह थापा, वडा नम्बर ५ मा बलदेबसिंह बोहरा र वडा नम्बर ६ मा हरिबहादुर साउँदले एमालेबाट वडामा जित हासिल गर्नुभएको छ । वडा नम्बर २ मा शिवराज जोशी र वडा नम्बर ४ मा महेन्द्रराज जोशी कांग्रेसबाट निर्वाचित हुनुभएको छ ।
मार्मा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जमनसिह धामी र उपाध्यक्षमा गठबन्धनकै कांग्रेसका सर्मिला सिंह निर्वाचित हुनुभएको छ । मार्माको वडा नम्बर १ मा माओवादीका कालुसिंह ठगुन्ना, वडा नम्बर २ मा माओवादीका अमरसिंह बिष्ट, वडा नम्बर ३ मा माओवादीका धिरेन्द्र धामी, वडा नम्बर ४ मा कांग्रेसका बिरसिंह धामी, वडा नम्बर ५ मा नेकपा एमालेका सुरेन्द्र महता र वडा नम्बर ६ मा एमालेकै सन्तोषसिंह कोट्टारी विजय हुनुभएको छ ।
नौगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दलजितसिह धामी विजयी हुनुभएको छ भने उपाध्यक्षमा गठबन्धनकै नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना विजयी हुनुभएको छ । नौगाड गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका हरिलाल महता, वडानम्बर ३ मा राइसिह ठगुन्ना  र वडानम्बर ६ मा नेकपा माओवादी केन्द्रका राजेन्द्रसिह वोहरा विजयी भएका छन् । 
त्यस्तैगरी वडा नम्बर २ नेकपा एमालेका नारायणसिह ठगुन्ना, वडानम्बर मा ४ एमालेका कृष्णसिह धामी र वडानम्बर ५ मा एमालेकै रामसिह धामी निर्वाचित भएका छन् ।
दुहुँ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी हुनुभएको छ । भने उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकी शान्ती बम विजयी हुनुभएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका जितबहादुर बम,वडाम्बर २ मा कांग्रेसकै गोविन्द डडाल निर्वाचित भएका छन् भने  वडानम्बर ५ मा माओवादी केन्द्रका मनोरथ भट्ट वडाअध्यक्षमा निर्वाचित भएका छन् । वडानम्बर ३ मा देवबहादुर बम र ४ को वडाअध्यक्षमा निर्वाचित कृष्णसिह लोथ्याल नेकपा एमालेबाट विजयी भएका हुन् ।
अपिहिमाल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ । अपिहिमालको वडा नम्बर १ मा काग्रेसका पोखरसिह लोथ्याल, वडा नम्बर २ मा रामसिह धामी, वडा नम्बर ३ मा गगनसिह कार्की, वडा नम्बर ४ मा माओवादी केन्द्रका रविन्द्रसिह बोहरा, वडा नम्बर ५ मा राजेन्द्रसिह धामी र वडा नम्बर ६ मा धर्मसिह धामी निर्वाचित भएका छन् ।
महाकाली नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसीर र उपप्रमुखमा एमालेकै दुर्गा खत्री बिष्ट निर्वाचित हुनुभएको छ । महाकाली नगरपालिका–१ मा नेकपा एमालेका मोहन सिह महरा, वडा नम्बर २ मा एमालेकै शंकर सिह डोबाल, वडा नम्बर ३ मा कांग्रेशका पदम सिह महरा, वडा नम्बर ४ मा एमालेका जगत चुनारा, वडा नम्बर ५ मा एमालेका दिलेन्द्र प्रसाद अवस्थी, वडा नम्बर ६ मा कांग्रेसका प्रेम बहादुर पाल, वडा नम्बर ७ मा एमालेका शोभान सिह रैखोला, वडा नम्बर ८ मा एमालेका भवान सिह धामी, वडा नम्बर ९ मा नेपाली कांग्रेसका गजेन्द्र सिह कार्की विजयी हुनुभभएको छ ।