स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आउन थालेको छ । अहिलेसम्म सबैभन्दा धेरै पालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले का उम्मेद्धवार विजयी भएका छन् । उसले ५ पालिकामा प्रमुख र ३ उपप्रमुख हात पारेको छ । उता, दोस्रोमा भने नेपाली कांग्रेस रहेको छ । उसले ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । माओवादी केन्द्रले भने प्रमुखमा अहिलेसम्म जित हाँसिल गर्न सकेको छैन् । उसले १ उपप्रमुख जितेको छ ।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने २ प्रमखु र १ उपप्रमुखमा जित हाँसिल गरेको छ। जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले पनिअहिलेसम्म खाता खोल्न सकेका छैनन् ।