मालिकार्जुन गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट धामी निर्वाचित

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

मालिकार्जुन गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट धामी निर्वाचित

दार्चुला ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा पुर्व पत्रकार एवं नेकपा एमालेका जिल्ला कमिटि सदस्य हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्दी गठबन्धनबाट नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३ सय २२ मत ल्याएको छ । नेपाली कांग्रेसका उम्मेदवार भन्दा ७ सय १२ मत बढि लिएर अध्यक्षमा नेकपा एमालेका हिरासिह धामी निर्वाचित भएका हुन् ।
धामीले एक दशक भन्दा लामो समय पत्रकारिता गर्नुभएको छ । पत्रकारिता छाडेर उहाँ राजनीतिमा होमिनुभएको हो । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कल्यानसिह धामी ९   पंकज० निर्वाचित हुनुभएको छ । ३ हजार ५ सय ६६ मत प्राप्त गर्दै धामी उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका गोमती भट्टले ३ हजार ३ सय २२ मत प्राप्त गरेका थिए । मालिकार्जुन गाउँपालिकामा रहेका ८ वडामध्ये  ४ वडाअध्यक्षमा नेकपा एमाले र ४ वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन् ।  वडा नम्बर १ मा एमालेका रमेशसिह वोहरा, वडा नम्बर २ मा एमालेका गणेशसिह धामी, वडा नम्बर ३ मा एमालेका मदनसिह धामी, वडा नम्बर ४ मा कांग्रेशका धनसिह धामी, वडा नम्बर ५ मा एमालेका मदन बहादुर चन्द, वडा नम्बर ६ मा कांग्रेशका गोकर्ण धामी, वडा नम्बर ७ मा कांग्रेशका बहादुर चन्द र वडा नम्बर ८ मा माओबादीका केशर सिह धामी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । मालिकार्जुन गाउँपालिकामा २०७४ सालमा अध्यक्षमा कांग्रेश र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका थिए ।