ग्वानीमा हाइस दुर्घटना, ३ जनाको मृत्यु

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

ग्वानीमा हाइस दुर्घटना, ३ जनाको मृत्यु

दार्चुला । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा हाइस दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ। गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हाइस शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ ग्वानीको वडा कार्यालय नजिक रोलाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यायल दार्चुलाका सूचना अधिकारी हिक्मत बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा चालक प्रकाशसिंह धामी, सवार नविनसिंह धामी र हरिश धामीको मृत्यु भएको छ। मृतक तीनै जना ग्वानीका स्थानीय हुन् ।गोकुलेश्वर बाट पनेबाँज आउँदै गरेको हाइस सडकबाट करिब १ हजार मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।