लेकमको अध्यक्षमा जोशी विजयी, उपाध्यक्षसहित चार वडामा एमाले र दुईमा कांग्रेश

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

लेकमको अध्यक्षमा जोशी विजयी, उपाध्यक्षसहित चार वडामा एमाले र दुईमा कांग्रेश

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएका माओबादी नेता रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ । एमाले नेता परमानन्द जोशीलाई पराजित गर्दै रामदत्त जोशी लेकम गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार कांग्रेश नेतृ सुना जोशीलाई पराजित गर्दै एमाले उम्मेदवार माधवी जोशी विजयी हुनुभएको छ ।

लेकमको अध्यक्षमा विजयी रामदत्त जोशीले दुई हजार ९७६ मत प्राप्त गर्दा एमालेका परमानन्द जोशीले दुई हजार ४४५ मत प्राप्त गर्नुभयो । माओबादीका रामदत्त जोशी ५३१ मतान्तरले विजयी हुनुभएको छ । यस्तै उपाध्यक्षमा विजयी नेकपा एमालेका माधवी जोशीले दुई हजार ६८५ मत प्राप्त गर्दा कांग्रेशका सुना जोशीले दुई हजार ५५४ मत प्राप्त गर्नुभयो । एमालेका माधवी जोशी १३१ मतान्तरले विजयी हुनुभएको छ । अन्तिममा गणना गरिएको वडा नम्बर ६ मा एमालेका हरिबहादुर साउदले ४५९ मत प्राप्त गर्दा कांग्रेशका कमलापती मिश्रले ३३१ मत प्राप्त गर्नुभयो । वडा नम्बर ६ मा हरि साउद १२८ मतान्तरले विजयी हुनुभएको छ ।


गठबन्धनलाई पराजित गर्दै वडा नम्बर १, ३, ५ र ६ मा नेकपा एमालेले वडामा जित हासिल गरेको छ । वडा नम्बर २ मा प्यानलसहित गठबन्धनका साझा उम्मेदवार कांग्रेश युवा नेता शिवराज जोशी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर ४ मा सदस्य एमालेले जितेपनि वडाअध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कांग्रेश नेता महेन्द्रराज जोशीले विजय हासिल गर्नुभएको छ ।

लेकमको वडा नम्बर १ मा एमालेका नवराज पन्त, वडा नम्बर २ मा कांग्रेशका शिवराज जोशी, वडा नम्बर ३ मा एमालेका सुरेशसिंह थापा, वडा नम्बर ४ मा कांग्रेशका महेन्द्रराज जोशी, वडा नम्बर ५ मा एमालेका बल्देबसिंह बोहरा र वडा नम्बर ६ मा एमालेका हरिबहादुर साउँद वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।