अपिहिमाल गाउँपालिकामा अध्यक्षमा गठबन्धनका ठेकरे र उपाध्यक्षमा देवकी बोहरा निर्वाचित

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

अपिहिमाल गाउँपालिकामा अध्यक्षमा गठबन्धनका ठेकरे र उपाध्यक्षमा देवकी बोहरा निर्वाचित

दार्चुला । अपिहिमाल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार ठेकरेले २ हजार ३१२ मत प्राप्त गर्नुभएको छ । उहाँले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गर्नुभयो । पराजित मन्यालले १ हजार ३८५ मत ल्याउनुभयो । २०७४ सालमा मन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने ठेकरे मन्यालसंगै पराजित हुनुभएको थियो । उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसकी देवकी बोहराले २ हजार २७ मत ल्याउनुभएको छ । उहाँकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याउनुभयो । वडाहरुमा समेत गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । छ वटै वडामा एमाले उम्मेदवार पराजित भएको बताइएको छ ।