यसरी ठाेक्कीए बैतडीकाे बंगाबगडमा दुईटा बस

६ बर्ष अघि

२0७५ भाद्र २५ सोमबार

यसरी ठाेक्कीए बैतडीकाे बंगाबगडमा दुईटा बस

दृष्टीकोण समाचार, भाद्र २५ दार्चुला । कञ्चनपुरको महेन्द्र नगरबाट दार्चुलाका लागि आएको ना ६ ख ७४२० नम्बरको दिवा सेवाको बस र गन्ना बाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ७५४७ नम्बरको रात्री सेवाको महाकाली यातायातको बस एक आपसमा ठोकीएका छन् । सोमबार दिउँसो ४ बजेतिर बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाको बंगावगडमा बस एक आपसमा ठोक्कीएपछि दुबै बसको अगाडीको भाग पुरै क्षती भएको छ भने २५जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तिब्र गतिका कारण बस ठाेक्कीएकाे प्रहरीले बताएकाे छ । 
घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाईतेहरुको थप विवरण आउन बाँकी छ । बस ठोक्कीएपछि बंगाबगडमा बाटो जाम भएको घटनास्थलबाट प्रत्यक्षदर्शी विष्णु भट्टले जानकारी दिनुभयो । 
बस र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख हिक्मत बोहराले जानकारी दिनुभयो ।