नौगाडमा गठबन्धन विजयी, तीन वडासहित अध्यक्षमा धामी र उपाध्यक्षमा ठगुन्ना निर्वाचित

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

नौगाडमा गठबन्धन विजयी, तीन वडासहित अध्यक्षमा धामी र उपाध्यक्षमा ठगुन्ना निर्वाचित

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनको तर्फबाट अध्यक्ष पदमा माओबादी नेता दलजितसिंह धामी विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेश नेता जगतसिंह ठगुन्ना विजयी हुनुभएको छ । अध्यक्षमा एमाले उम्मेदवार प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्ना पराजित हुनुभयो । नौगाड गाउँपालिका वडा नम्बर १, ३ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने वडा नम्बर २, ४ र ५ मा नेकपा एमाले विजयी भएको छ । नौगाड गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओबादी नेता दलजितसिंह धामी तीन हजार ७८३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । अध्यक्षमा पराजित भएका एमाले उम्मेदवार प्रेमसिंह धामीले तीन हजार २७७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेश नेता जगतसिंह ठगुन्ना तीन हजार ९५६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । पराजित भएका एमाले उम्मेदवार गौरीदेबी ठगुन्नाले दुई हजार ९५२ मत प्राप्त गर्नुभएको छ । पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएसंगै नेता कार्यकर्ता र शुभचिन्तकहरु खुसीयाली मनाइरहेका छन् ।