मार्माको अध्यक्षमा धामी र उपाध्यक्षमा सिंह निर्वाचित

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

मार्माको अध्यक्षमा धामी र उपाध्यक्षमा सिंह निर्वाचित

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जमनसिंह धामी र उपाध्यक्षमा सर्मीला सिंह निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका धामीले ३८१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी एमालेका देवसिंह महरले ३०८४ मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसकी सिंहले ३२२३ मत ल्याइन् । एमालेबाट उपाध्यक्ष की उम्मेदवार राजु धामी २८५३ मत ल्याइन् । मार्माको वडा नम्बर १ मा माओबादी केन्द्र ९गठबन्धन० का कालुसिंह ठगुन्ना, वडा नम्बर २ मा माओबादी केन्द्र गठबन्धन का अमरसिंह बिष्ट, वडा नम्बर ३ मा माओबादी केन्द्र ९गठबन्धन० का धिरेन्द्र धामी, वडा नम्बर ४ मा नेपाली कांग्रेश  गठबन्धन का बिरसिंह धामी, वडा नम्बर ५ मा नेकपा एमालेका सुरेन्द्र महता र वडा नम्बर ६ मा एमालेकै सन्तोषसिंह कोट्टारी विजय हुनुभएको छ । मार्मामा माओबादी केन्द्र र कांग्रेशबिच गठबन्धन हुँदा अध्यक्षसहित चार वडा माओबादी र उपाध्यक्षसहित दुई वडा कांग्रेशको भागमा परेको थियो । माओबादी तीन वडामा विजयी हुँदा कांग्रेश एक र एमाले दुई वडामा विजयी भएको छ ।