शैल्यशिखरमा एमालेको सानदार जित, मेयरमा धामी र उपमेयरमा खडायत निर्वाचित

२ बर्ष अघि

२0७९ जेष्ठ २ सोमबार

शैल्यशिखरमा एमालेको सानदार जित, मेयरमा धामी र उपमेयरमा खडायत निर्वाचित

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले सानदार जित हासिल गरेको छ । शैल्यशिखरमा जम्मा खसेको दश हजार ७३ मतमध्ये एमाले उम्मेदवार विजयसिंह धामीले पाँच हजार ५०९ मत ल्याउदै नगरप्रमुख पदमा निर्वाचित हुनुभयो । एमालेका धामीले कांग्रेशका उम्मेदवार अमरसिंह धामीलाई ८४७ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो । उपप्रमुखमा एमालेका उम्मेदवार शान्ति खडायतले पाँच हजार ६४८ मत ल्याउदै कांग्रेश उम्मेदवार राजमती बम पाललाई एक हजार ७३ मतान्तरले पराजित गर्दै विजयी हुनभएको हो ।

नौँ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् । शैल्यशिखरको वडा नम्बर ६ मा कांग्रेशका जगदिश धामी निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल ९परदेशी०, वडा नम्बर ३ मा पदम बहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावती पाण्डे एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।


शैल्यशिखर नगरपालिकामा पनि कांग्रेश र माओबादी केन्द्रले गठबन्धन गरेका थिए । गठबन्धनका उम्मेदवारहरुलाई पराजित गर्दै जित हासिल गर्नुलाई शैल्यशिखर एमालेले उपलब्धीका रुपमा लिएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेशले जित हासिल गरेको शैल्यशिखरमा अहिले एमाले विजयी भएको हो ।