स्थानीय तह निर्वाचनका लागि आज देखि सीमानाका ७२ घण्टा बन्द हुने

२ बर्ष अघि

२0७९ बैशाख २७ मंगलवार

स्थानीय तह निर्वाचनका लागि आज देखि सीमानाका ७२ घण्टा बन्द हुने

दार्चुला । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि दार्चुलाका सीमा नाका ७२ घण्टा बन्द हुने भएका छन । आज साँझ ७ बजेबाट बैशाख ३० गते बेलुकी ७ बजेसम्म दार्चुलाका सम्पूर्ण अन्तराष्ट्रिय सीमानाका बन्द गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताउनुभयो । निर्वाचनको समयमा सीमानाका हुने अवाञ्छित क्रियाकलाप रोक्नका लागि सीमा क्षेत्रमा सुरक्षाकर्मीहरुले विषेश निगरानी गरिरहेका छन । साथै भारतको पिथौरागढ प्रशासनले भारतीय सुरक्षा निकायले पनि निर्वाचनको समयमा सीमानाकामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सहयोग गर्ने भनेको छ ।
दार्चुला र भारतको पिथौरागढ जिल्ला जोड्ने ६ वटा सीमापुल सञ्चालनमा छन्  चारवटा सीमापुलहरु निर्माणाधीन अवस्थामा छन । व्यास गाउँपालिकामा सीतापुल, तिग्रम पुल, महाकाली नगरपालिकामा पुलघाट, दत्तुपुल, मालिकार्जुन गाउँपालिकामा जोलजिवि पुल र लेकम गाउँपालिका लालि पुल सञ्चालनमा छन् । भने व्यास गाउँपालिकामा मालघाट, मलघट्टे र बडुगाउँ पुल तथा मालिकार्जुन गाउँपालिकामा बाकु पुल निर्माणधीन अवस्थामा छन ।