दार्चुलाका स्थानीय तहमा अत्यावश्यक बाहेका सेवा बन्द

२ बर्ष अघि

२0७९ बैशाख २७ मंगलवार

दार्चुलाका स्थानीय तहमा अत्यावश्यक बाहेका सेवा बन्द

दार्चुला । कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएपछि दार्चुलाका स्थानीयहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।  अधिकांश कर्मचारी निर्वाचनमा खटिएपछि स्थानीय तहहरुले सूचना निकालेर अत्यावश्यक बाहेका सेवा बन्द भएका जनाएका हुन ।  जिल्लाको लेकम गाउँपालिकाले कर्मचारी खटिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएको जनाएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरु निर्वाचनमा खटिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द भएका लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण दत्त भट्टले बताउनु भयो । जिल्लाको  मालिकार्जुन गाउँपालिकाले पनि केही दिन अघि सूचना प्रकाशन गरेर अत्यावश्यक बाहेकका सेवा दिन नसकिने जनाएको छ । कर्मचारीहरु स्थानीय तहको निर्वाचनमा खटिएकाले सेवा बन्द भएका जनाइएको छ ।  पालिकाहरुले मतगणना सम्पन्न नहुन्जेल सम्म अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन्  ।