जेठ १ देखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

२ बर्ष अघि

२0७९ बैशाख २७ मंगलवार

जेठ १ देखि शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं । जेठ १ देखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय राजपत्रमा प्रकाशित भएको छ । योसँगै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ५ः३० बजेसम्म निर्धारण गरिएको छ । सोमबार प्रकाशित राजपत्रमा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ ः३० देखि अपरान्ह ४ः ३० बजेसम्म रहनेछ । 

राजपत्रमा भनिएको छ, ‘दशैं र तिहारका सार्वजनिक विदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र टक्सार रेडियो नेपाल, नेपाल टेलिभिजन मुद्रण विभाग कन्सुलर सेवा राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउने ।’