दार्चुला जिल्लाको विकासमा सिआरडियस नेपालको ठुलो भुमिका 

६ बर्ष अघि

२0७५ भाद्र २५ सोमबार

दार्चुला जिल्लाको विकासमा सिआरडियस नेपालको ठुलो भुमिका 

राम सिह धामी , भाद्र २५ दार्चुला । दार्चुला जिल्लाको शिक्षा, स्वास्थ्य,खानेपानी र सरसफाईको क्षेत्रमा सामुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले ठुलो भुमिका खेलेको कार्यक्रमका सहभागीहरुले बताउनु भयो ।  दार्चुला जिल्लामा विगत लामोे समयबाट समाजिक सुधारका लागी समाजको परिवर्तन गर्न काम गरिरहेको गैरसरकारी संस्था सिआरडियसले आज समाजिक परिक्षण कार्यक्रम गरेको हो । कार्यक्रममा  सुझाव मन्तव्य राख्ने क्रममा महाकाली नगरपालिका उप प्रमुख  सोना बोहराले दार्चुला जस्तो विकट जिल्लामा थोरै रकमबाट पनि राम्रो काम गरि गाँउघरको विकास गरेको प्रर्ति धन्यवाल दिनु भयो । हरेक योजना तथा कार्यक्रमहरुको बेला बेलामा अनुगमन गरि प्रभावकारी ढङगबाढ काम सञ्चालन गरेकाले अवकादिनमा पनि यस्तै सहयोग गर्न अग्रह गरेका हुन । 


सोमबार दार्चुला जिल्ला सर्दमुकाममा सिआरडियस नेपालले आर्थिक बर्ष २०७४÷७५ मा गरेका कामहरु र भोग्नु परेका चुनौतिका बारेमा सबैलाई जानकारी गराउनको लागी  आयोजना गरीएको समाजिक परिक्षण कार्यक्रममा बोल्दै ग्रामिण विकास समाज नेपाल  सिआरडियस दार्चुलाका टिम लिडर असोक ओझाले गाँउधरमा काम गरिरहदा जुन बेलासम्म कार्यक्रम सञ्चानमा रहन्छ त्यतिन्जेल सम्म प्रभावकारी हुने र कार्यक्रमको अवधि सकिदा दिगोपना हराउदैे जाने गरेकाले पनि चुनैति रहेको बताउनु भयो । 
आर्थिक बर्ष २०७४÷७५मा समुदायिक ग्रामिण विकास समाज नेपाल दार्चुलाले विभिन्न क्षेत्रमा कुल आमदानि ७ करोड ५३ लाख ८९ हजार रहेकोमा खर्च ६करोड ६८लाख २५ हजार रहेको लेखाशाखा प्रमुख असोक प्रशाद जोशीले बताउनु भयो । 
समाजिक परिक्षण कार्यक्रममा सुझव दिदै भगवती सहकारीका व्यवस्थापक श्यम सिह साम्तले दार्चुला जिल्ला भरि रहेका स्थानीय तहहरुमा काम गरीरहेको सिआरडियस नेपाल दार्चुलाले हरेक योजना तथा कार्यक्रमहरको अनुगमन गरिदिए अझै झन प्रभावकारी हुने बताउका छन । आज सिआरडियस नेपाल दार्चुलाका बोर्ड सदश्य विरहरी राईको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा महाकाली नगरपालिका उप प्रमुख सोना बोहरा प्रमुख अतिथि रहनु भएका थिए । 
सिआरडियस नेपाल दार्चुलाले अहिले विभिन्न ६वटा कार्यक्रमहरु सञ्चालनमा रहेको जस्मा पहल, सुआहार, सेफवास दोस्रो कार्यक्रम, प्रथमिक तह विकास कार्यक्रम, सामुदायिक विकास र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना कार्यक्रहरुका माध्यमबाट काम गरिरहेका छ । उत्त कार्यक्रमहरुबाट शिक्षा ,स्वास्थ्य, खानेपानी र सरसफईमा काम गरिरहेको पनि जानकारी गराएका थिए ।