नेपालमा चुनाव विथोल्न पाकिस्तानी एजेन्टहरु परिचालन, आतंक फैलाउन सुरु

२ बर्ष अघि

२0७९ बैशाख २६ सोमबार

नेपालमा चुनाव विथोल्न पाकिस्तानी एजेन्टहरु परिचालन, आतंक फैलाउन सुरु

काठमाडौं । नेपालमा हुन लागेको स्थानीय तह निर्वाचन विथोल्न पाकिस्तानी एजेन्टहरु परिचालित भएको खुलेको छ । नेपाली खुफिया एजेन्सी राष्ट्रिय अनुसन्धान उच्च स्रोतकाअनुसार निर्वाचन विरोधी गतिविधि गर्न, शान्तिपूर्ण माहोलमा आतंक फैलाउन पाकिस्तानबाट एजेन्टहरु सक्रिय भएका हुन् । 

यसको सुरुवात बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको छ । आफ्नो गन्तव्यमा जानलाई केही यात्रुहरू टिकट लिइरहेका र जहाजको पर्खाइमा बसेका बेला बिहान १०स्४५ मिनेटमा पाकिस्तानी नम्बरबाट वालेकुम अस्सलाम भन्दै आन्तरिक टर्मिनलमा बम राखेको भन्दै आतंक फैलाए । त्यसपछि फेरि दुईपटक फोन गरेर बम रहेको दोहोर्याए । 

बम राखेको सूचनासँगै आतंक फैलियो । विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले तत्कालै सबै यात्रुहरूलाई सुरक्षित बाहिर निकाले । साथै उडानमा पनि रोकियो । 

विमानस्थलमा महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार तत्कालै बम खोज्ने कार्य थालियो । त्यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोली र कुकुरलाई परिचालन गरियो । तर, बम फेला परेन । विमानस्थल सञ्चाल गरियो ।

यो आतंकपछि प्रहरीले अनुसन्धान थाल्दा नेपालमा चुनावको मुखमा आतंक फैलाउने उद्देश्यले पाकिस्तानबाट एजेन्टहरु परिचालित भएको खुल्यो । 

चुनावलाई प्रभावित पार्न उनीहरुले विमानस्थलाई टार्गेट गरेको सुरक्षा अधिकारी बताउँछन् । यो क्रम अन्त पनि चल्ने भएकाले सतर्कता बढाइएको छ ।