महिलामाथि कठोर प्रतिबन्ध लगाउने तालिवान सरकारको घोषणा

२ बर्ष अघि

२0७९ बैशाख २६ सोमबार

महिलामाथि कठोर प्रतिबन्ध लगाउने तालिवान सरकारको घोषणा

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारले महिलामाथि कठोर प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

महिलाहरूलाई सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा बुर्का लगाउनुपर्ने नियम लागू गरेको हो । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिवान प्रमुख हिबातुल्लाह अखुन्दजादाले सार्वजनिक स्थानमा महिलाका लागि कडा ड्रेस कोड अनुमोदन गरेका हुन् ।

सो उर्दीले महिलाले आफ्नो अनुहार र शरिर ढाक्ने निलो रङको परम्परागत अफगान बुर्का लगाउनुपर्ने छ । तालिवानको यो कदमप्रति विश्वका अधिकारवादी संघ संस्थाहरूले भने विरोध जनाएका छन । सत्तामा आएपछि तालिवानहरूले अफगान महिलालाई लक्षितगरि धेरै प्रतिबन्ध लागू गरिसकेका छन ।

उनीहरूलाई सरकारी जागिर, माध्यमिक शिक्षा र शहर बाहिर एक्लै यात्रा गर्न प्रतिबन्ध लगाएका थिए ।