नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक सम्पन्‍न

२ बर्ष अघि

२0७९ बैशाख २६ सोमबार

नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक सम्पन्‍न

विराटनगरः आसन्न स्थानीय तहको निर्वाचको सुरक्षालाई ध्यानमा राखेर मोरङको सुन्दरहरैँचा नगरपालिका अन्तर्गत नेपालीरिका होटलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक  सम्पन्‍न भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचन अघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।