सगरमाथा नेपालको हो चीनको होइनस् नेपाल रिपब्लिक पार्टी

२ बर्ष अघि

२0७९ बैशाख २६ सोमबार

सगरमाथा नेपालको हो चीनको होइनस् नेपाल रिपब्लिक पार्टी

काठमाडौ । सगरमाथा नेपालको मात्र हो चीनको नभएको नेपाल रिपब्लिक पार्टीले जनाएको छ । समग्र विश्वलाई कोरोनाको महामारीमा धकेल्ने कम्युनिस्ट चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरी डेढ हजार रोपनी जमीन र दुई ओटा गाउँ पुरै हडप गरेको घटनाप्रति नेपाल रिपव्लिक पार्टी तीव्र आक्रोश व्यक्त गरेको छ ।

सर्वोच्च शिखर सगरमाथा समेत कब्जा गर्न निर्लज्ज प्रयास गरिरहेको सर्वसत्तावादी चीनले नेपालका ७ जिल्लाका १८ ठाउँमा गरेको सीमा अतिक्रमण र जमीन तथा गाउँ कब्जाको यस घटनाबाट पार्टीको ध्यानकर्षण भएको छ ।

नेपाल रिपव्लिक पार्टी, समस्त नेपाली जनताको तर्फबाट कम्युनिस्ट चीन सरकार र त्यसको नेतृत्वलाई तत्काल यस्तो हर्कत बन्द गरेर नेपाली जनता समक्ष क्षमा माग्नु पर्ने पार्टीले बताएको छ ।

सगरमाथा कब्जा गर्ने प्रयास र उत्तरी सीमातर्फको उर्बर जमीन, खर्क, चरन र सुन्दर गाँउहरु हडप्ने दुष्कर्मका साथै अवैध मुद्रा र आफ्ना पोष्यपुत्र नेपाली कम्युनिष्टहरुको बलमा चीनले देशको राजधानी काठमाडौंको अति व्यस्त व्यापारिक क्षेत्र ठमेल लगभग पुरै कब्जा गरिसकेको छ र अन्य क्षेत्रपनि कब्जा गर्ने दाउमा रहेको छ