दार्चुलामा निर्वाचनको तयारी अन्तिम चरणमा

२ बर्ष अघि

२0७९ बैशाख २६ सोमबार

दार्चुलामा निर्वाचनको तयारी अन्तिम चरणमा

दार्चुला । दार्चुलामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ९ स्थानीय तह रहेको जिल्लामा ६ सय ६४ निजामती कर्मचारी र १ हजार ९ सय ३९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । निवार्चन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दे २ सय ९५ नेपाली सेना ३ सय ५० सशस्त प्रहरी र ५ सय ३८ जनपथ प्रहरी तथा ७ सय ५६ म्यादी प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मिलाईको दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले  जानकारी दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ सय १० वटा मतदानस्थल  र १ सय ३९ वटा मतदान केन्द्र निर्धारण गरिएकामा ११ वटा अतिसंबेदनशील र ११ सवेदशील र ८८ वटा समान्यमा राखिएको छ । 

सुरक्षा संयन्त्रको पहुँच, विगतमा भएका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरी शान्तिसुरक्षाको व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताउनु भयो । उनका अनुसार आसन्न स्थानीय तहको निर्वाचनलाई धाँधलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जिल्लास्थित सबै राजनीतिक दलले प्रतिबद्धतासमेत जनाएका छन । 

मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदिप सिह धामीले जानकारी दिनुभयो । “मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी तालिम दिएर तोकिएको कार्य क्षेत्रमा पठाइएको छ”, उनले भने, “वैशाख ३० गते हुने निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरेका छौँ ।” 


दुई नगरपालिका र ७ गाउँपालिका रहेको जिल्लामा सत्ता गठबन्धनमा आबद्ध दुई राजनीतिक दलहरूबीच चुनावी तालमेल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, बीच ५ वटा स्थानीय तह नेपाली काग्रेश र चार वटा स्थानीय तहका प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेको छ । 

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका ९ स्थानीय तहमा ८८ हजार २ सय ८५ जना ले मतदान गर्न पाउने भएका छन । महिला ४३ हजार १ सय ७४ र पुरुष ४५ हजार १ सय ११ जना मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख धामीले जानकारी दिनुभयो ।
देशभर एकैसाथ गर्न लागिएको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलका नेता जनताको घरदैलोमा भोट माग्न व्यस्त छन । सत्ता गठबन्धन दुई राजनीतिक दलले चुनावी तालमेल भएका स्थानीय तहमा दलले संयुक्त घोषणपत्र जारी गरेर जनताको घरदैलोमा भोट मागिरहेका छन ।  

चुनावी तालमेल गरेका दुई राजनीतिक दलले जिल्लाका ९ वटै स्थानीय तहमा आफूहरुको जीत सुश्चित रहेको दाबी गर्दै आएका छन भने एमालेले गठबन्धन दलभित्रको मतभेदका कारण अधिकांश स्थानीय तहमा आफूहरुको जीत हुने दावी गर्दै आएका छन । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमाले ३, कांग्रेस ५ तथा माओवादी केन्द्रले १ स्थानीय तहमा विजयी हासिल गरेका थिए ।