रुसको सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ पुटिन

२ बर्ष अघि

२0७९ बैशाख २६ सोमबार

रुसको सुरक्षाका लागि युक्रेनमा सैन्य कारबाही आवश्यक छ  पुटिन

एजेन्सीँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षाका लागि युक्रेनमा विशेष सैन्य कारबाही आवश्यक भएको बताउनुभएको छ । विजय दिवसको अवसरमा राजधानी मस्कोको रेड स्क्वायरमा भएको समारोहमा पुटिनले रुसले सहफ समयमा सहफ निर्णय गरेको दाबी गर्नुभएको बीबीसीले जनाएको छ ।

पुटिनले युक्रेनमाथि भइरहेको आक्रमणको निर्णय स्वतन्त्र, बलियो र सार्वभौम राष्ट्रका लागि सही निर्णय भएको जिकिर गर्नुभएको छ । रुसी सेनालाई सम्बोधन गर्दै पुटिनले आफूहरू रुसको सुरक्षाका लागि लडिरहेको बताउनुभयो ।

रुसले युरोपलाई निष्पक्ष समाधान खोज्न अपिल गरेको तर युरोपले रुसको कुरा सुन्न नचाहेको पनि पुटिनले बताउनुभयो । युरोपले डोनबास क्षेत्रमा आक्रमण गर्ने योजना बनाएको र त्यो रुसका लागि खतरा रहेकोले अहिलेको शैन्य कारवाही डोनबास क्षेत्रमा केन्द्रित गरेको पनि उहाँले बताउनुभयो ।

पुटिनले आफ्नो भाषणमा कुनै ठूलो घोषणा भने नगर्नुभएको बीबीसीले जनाएको छ । पुटिनले पश्चिमाहरूले आफूहरूको कुरै सुन्न नचाहेकोले अहिलेको अवस्था आएको दोहोर्‍याउनुभएको छ । 

दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि रुसले गरेको विजयको सम्झनामा हरेक वर्ष मे ९ मा रुसमा विजय दिवस परेड मनाइन्छ ।