तीजलाई सहज र सरलताका साथ मनाइनु पर्छ ः प्राध्यापक धाना धामी 

६ बर्ष अघि

२0७५ भाद्र २५ सोमबार

तीजलाई सहज र सरलताका साथ मनाइनु पर्छ ः प्राध्यापक धाना धामी 

कृष्ण धामी, भाद्र २५ दार्चुला । अहिले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज हाम्रो नजिक आइपुगेको छ । दार्चुला बहुमुखी क्याम्पसमा गठित भूतपुर्व विद्यार्थी समाजले आयोजना गरेको हरितालिका तीज विषेश कार्यक्रममा बोल्दै दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धाना धामीले तीज तडक भडक र भड्कीलो भन्दा पनि सहज र सरलतापुर्वक मनाइनु पर्ने बताएका छन् । 
पछिल्लो समय नेपाली समाजमा विभिन्न चाडपर्वका नाममा विभिन्न विकृति विसङ्गतीहरु भित्रीनुका साथै पश्चिमा संस्कृति हावी हुनुले पछिल्लो समय नेपाली चाडपर्वहरु विधिवत भन्दा पनि तडक भडक र सबै नागरिकले सहजरुपमा मनाउन नसकिने अवस्था रहेको बताए । 
दार्चुला बहुमूखी क्याम्पसले बेला बेलामा विभिन्न चाडपर्वको अवसरमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भ जोड्दै सहायक क्याम्पस प्रमुुख धामीले दार्चुला बहुमुखी क्याम्पस बौद्धिक जमात उत्पादन गर्ने थलो भएको र यहाँ सबै बौद्धिक जमात भएकाले क्याम्पसले गर्ने कार्यक्रमहरु रमाईलोका लागि मात्रै नभएर सन्देश मुलक र शिक्षामुलक पनि हुनु पर्ने धारणा राख्नु भयो ।