निर्वाचन अवधिभर दार्चुलामा मदिरा विक्रिवितरणमा पूर्ण रुपमा रोक लगाइने हेर्नुहोस सुचना सहित

२ बर्ष अघि

२0७९ बैशाख २५ आईतवार

निर्वाचन अवधिभर दार्चुलामा मदिरा विक्रिवितरणमा पूर्ण रुपमा रोक लगाइने हेर्नुहोस सुचना सहित

दार्चुला । आसन्न स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दार्चुलामा निर्वाचन अवधिभर मदिरा विक्रि वितरणमा पूर्ण रुपमा रोक लगाइने भएको छ ।आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले वैशाख २५  गते राती १२ बजेदेखि मतपरिणाम नआउँदा सम्म मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय भएको हो । 

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २५ गते राति १२ बजेदेखि मदिरा विक्रि वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यालले बताउनु भयो । उनले भने ‘मदिराका कारण विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मदिराको कारोबार र सेवनमा रोक लगाइएको हो । कसैले निर्णय विपरीत काम गरेको पाइएमा कानुन अनुसार कारबाही हुन्छ ।’

मदिराकै कारण धेरै ठाउँमा झै–झगडा, अशान्ति भएको पाइएकाले मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो । व्यवसायीका प्रतिनिधि समेत सहभागी बैठकले निर्वाचनलाई शान्तपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यले बताउनु भयो । हेर्नुहोस सूचना सहित