बेटिसविरुद्धको जितसँगै बार्सिलोना च्याम्पियन्स लिगमा छनोट

२ बर्ष अघि

२0७९ बैशाख २५ आईतवार

बेटिसविरुद्धको जितसँगै बार्सिलोना च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति रियल बेटिसलाई २—१  न्तरले पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । बार्सिलोनाका लागि ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन बेटिसविरुद्ध तीन अंकको आवश्यक थियो । ७६औँ मिनेटमा अंशु फातीले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । ७९औँ मिनेटमा पूर्व खेलाडी बार्टाले बेटिसलाई खेलमा फर्काए । इन्जुरी समयको चौथो मिनेटमा जोर्डि अल्बाले गोल गर्दा बार्सिलोनाले तीन अंक पक्का गर्‍यो । बार्सिलोना ३५ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको सेभिया भन्दा पाँच र चौथो स्थानको एट्लेटिको मड्रिड भन्दा आठ अंक बढी हो ।बार्सिलोना ला लिगाको पछिल्लो १४ खेलमा अपराजित रहँदै आएको छ ।