नेपाल भारत सीमा समन्वय बैठक दार्चुलामा सम्पन्न

२ बर्ष अघि

२0७९ बैशाख २४ शनिबार

नेपाल भारत सीमा समन्वय  बैठक दार्चुलामा सम्पन्न

दार्चुला जिल्ला सदरमुकाममा नेपाल भारत सीमा बैठक सम्पन्न भएको छ । दुई देशका उच्च पदाधिकारीहरुको सहभागितामा सीमा बैठक सम्पन्न भएको हो । नेपालमा यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएकाले भारत संग सीमा जोडिएका सीमापुलहरु बैशाख २७ गते बेलुकि ७ बजे  देखि बैशाख ३० गते बेलुकि ७ बजे समका लागि सिमा नाकाहरु बन्द गर्ने निर्णय गरेका छन । सीमा बैठकमा विवाह र विरामी परेकामा मात्रै दुई देशको सहमतिमा खोल्ने गरि  निर्णय गरेको  भारत  पिथौरागड जिल्लाका डिएम डा.आशीष चौहानले जानकारी बताउनु भयो । नेपाल भारत सीमा बैठक प्रतेक बर्ष हुने गरेको भएपनि कोरोना महामारीका कारण हुन नसकेको र यसपाली नियमित्ता दिएका छन । नेपाल भारत सीमा बैठकमा स्थानीय तहको निर्वाचनका लागि सीमासिल गर्ने , तटबन्ध, मोटरेवल पुल र लागु औषध ओसार पोसार नियन्त्रणका बारेमा समन्वय भएको जिल्ला प्रसाशन कार्यालय दार्चुलाले जनाएको छ । बैठकमा भारत संग सीमा जोडिएका क्षेत्रमा हुने अवैधानीक कृयाकलाप रोक्न तथा सीमा क्षेत्रमा निर्माण गरिने तटबन्धका बारेमा सहमती भएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनु भयो ।