तीजको लहर छायाे, दार्चुलामा तीज विषेश कार्यक्रम 

६ बर्ष अघि

२0७५ भाद्र २५ सोमबार

तीजको लहर छायाे, दार्चुलामा तीज विषेश कार्यक्रम 

दृष्टीकोण समाचार, भाद्र २५ दार्चुला । हिन्दु नेपाली महिलाहरुको महान पर्वको रुपमा परम्परादेखि मनाइदै आएको हरितालिका तीजको लहर जताततै छाएको छ । अबको तीन दिन पछि मनाईने हरितालिका तीजको अवसरमा अहिले जताततै तीजको रौनक छाएको छ । यसै सन्दर्भमा सुदुरपश्चिमाञ्चल विश्व विद्यालय दार्चुला बहुमुखी क्याम्पसको भूतपुर्व विद्यार्थी समाजले दार्चुलामा तीज विषेश कार्यक्रमको आयोजना गरेको छ ।
दार्चुला बहुमुखी क्याम्पसका भूतपुर्व विद्यार्थी समाजका अध्यक्ष प्रेमबल्लभ जोशीको अध्यक्षता एवं दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धाना धामीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पसका बर्तमान तथा निवर्तमान विद्यार्थी क्याम्पसका प्राध्यापक एवं कर्मचारीहरुको सहभागितामा विभिन्न साँस्कृतिक कार्यक्रम र एक आपसमा तीजको शुभकामना आदान—प्रदान गर्दै कार्यक्रम गरिएको छ ।