क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गयो

२ बर्ष अघि

२0७९ बैशाख २४ शनिबार

क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गयो

 एजेन्सी । क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा गर्भवती र एक जना बच्चा समेत रहेका बीबीसीले जनाएको छ ।  पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा  ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान छ । विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।

भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।  घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फोट अति नै भयानक भएकोले भूकम्प गएजस्तै अनुभूति भएको बताएकी छिन् ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटलको पछाडि विद्यालयसमेत रहेको तर विस्फोटबाट विद्यालयमा भने कुनै क्षति नपुगेको बीबीसीमा उल्लेख छ ।