३९ हजार भन्दा बढी बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप

२ बर्ष अघि

२0७९ बैशाख २४ शनिबार

३९ हजार भन्दा बढी बालबालिकाले लगाए  टाइफाइड विरुद्धको खोप

दार्चुला । दार्चुलामा टाइफाइड रोग विरुद्धको खोप अभियान अन्तरर्गत जिल्ला भरीका करिब ३९ हजार भन्दा बढि बालबालिकाले खोप पाएका छन । गत चैत्र २५ गते देखि ३० गते सम्म संञ्चालन गरिएको अभियान अन्तरर्गत ३९ हजार ११९ जना बालबालिकाले खोप पाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

खोप अभियानमा जिल्लाभरीका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ३९ हजार भन्दा बढि बालबालिका लाभान्वित भएको खोप सुपर भाइजर विरेन्द्र भट्टले जानकारी दिएछन । जिल्लाकाभरीका ४३१ वटा खोप केन्दबाट संञ्चालन गरिएको खोप कार्यक्रम अन्तरर्गत महाकाली नगरपालिकामा ७ हजार ४२६ जना बालबालिबाले टाइफाइड रोग विरुद्धको खोप पाएका छन् ।


यस्तै मालिकार्जुन गाउँपालिकामा ३हजार ८३३ जना अपि हिमाल गाउँपालिकामा १हजार ९०६ जना लेकम गाउँपालिकामा ३हजार ७१३ जना शैल्यशिखर नगरपालिकामा ६ हजार ६०३ जनाले बालबालिबाले टाइफाइड रोग विरुद्धको खोप पाएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टले जानकारी दिए । यस्तै नौगाड गाउँपालिकामा ५ हजार ८८ जनाले खोप पाएका छन । मार्मा गाउँपालिकामा ५हजार ३२७ जनाले खोप पाएका छन । जिल्लाको दुहुँ गाउँपालिकामा २हजार ६२७ तथा व्याँस गाउँपालिकामा २हजार ५९६ जना बालबालिकागरी ५ दिनको अवधिमा ३९ हजार ११९ जनाले खोप पाएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

खोप अभियानमा जिल्लाभरीका १४३ जना स्वास्थ्यकर्मी, ८४६ जना स्वयंसेवक खटिएको बताइएको छ । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमको रूपमा लिइएको छ ।  हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउन सक्ने विश्वास गरिएको