इस्तानबुलमा चार नेपालीलाई बन्धक बनाउने पाकिस्तानी गिरोह पक्राउ

२ बर्ष अघि

२0७९ बैशाख २४ शनिबार

इस्तानबुलमा चार नेपालीलाई बन्धक बनाउने पाकिस्तानी गिरोह पक्राउ

इस्तानबुल ।  टर्कीको इस्तानबुलमा चार नेपालीलाई बन्धक बनाउने एक पाकिस्तानी गिरोहलाई त्यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको छ ।  नेपालीलाई उद्धार गरेको फुटेज प्रहरीले सार्वजनिक गरेपछि यो घटना बाहिर आएको हो ।  नीय प्रहरीले ६ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।  नेपालीहरू गत हप्ता ताक्सिम स्क्वायरमा हिँडिरहेको बेला ती गिरोहका सदस्य उनीहरूको नजिक आई बन्दुक देखाई उनीहरूसँगै लगेको डेलीसबाहले लेखेको छ ।
उनीहरूलाई इपसुल्तान जिल्लाको एउटा घरमा राखेर  तीन दिनसम्म यातना दिइएको थियो । प्रहरीले पीडितलाई बचाएर पक्राउ गरेको घरमा छापा मारेको थियो । अपहरणमा प्रयोग हुने चक्कु र पेस्तोल बरामद भएको छ ।  प्रहरी स्रोतका अनुसार सन्दिग्धहरूको यातनाको भिडियो खिचेर पीडितका साथी र इस्तानबुलस्थित स्थानीय नेपाली संघका सदस्यलाई १०,००० युरो ९१०,६७४ डलर० फिरौती मागेका थिए। भिडियो पाएका साथीले प्रहरीलाई जानकारी गराएपछि   प्रहरीले अपरेसन सुरु गरेको थियो ।   फिरौती लिन आएका अली एच र मुहम्मद एस भनेर चिनिने दुई जना पाकिस्तानी पुरुष,  पाकिस्तानी महिला अस्मा एमसँगै पक्राउ परे। पीडितहरूलाई कहाँ राखिएको छ भनेर निर्धारण गरेपछि, प्रहरीले आधा खाली घरमा छापा मारेको थियो, बाँकी गिरोहलाई नियन्त्रणमा लिएको थियो

१६ देखि ३५ वर्ष उमेर समूहका उनीहरुलाई लुटपाट, अपहरण, जानाजानी चोटपटक र हतियार कानूनको उल्लङ्घनको आरोप लगाइएको थियो। गत वर्ष, पाकिस्तानी अपराधीहरूको अर्को समूहले इस्तानबुलमा एक स्वदेशीलाई अपहरण गरेर उनको रिहाइको लागि ५० हजार यूरो फिरौती मागेको बेला पक्राउ गरिएको थियो।