दार्चुलाका सहायक प्रजिअ बझाङ गए, बझाङका सहायक प्रजिअ दार्चुला अाउने

६ बर्ष अघि

२0७५ भाद्र २४ आईतवार

दार्चुलाका सहायक प्रजिअ बझाङ गए, बझाङका सहायक प्रजिअ दार्चुला अाउने

रमेश सिह खत्री  भाद्र २४ ,दार्चुला । दार्चुला जिल्ला बाट बझाङ जिल्लामा सरुवा हुनु भएका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको आईतबार कर्मचारी मिलन केन्द्रले एक कार्यक्रमका बिच विदाई गरेको छ । त्यस्तै जिल्ला अनुसन्धान अधिकृत डिएसपि हिरेन्द्र कुवरको स्वागत गरेको छ । जिल्ला बाट सरुवा भएर अन्य जिल्ला जाने कर्मचारी तथा अन्य जिल्ला बाट दार्चुला जिल्लामा आउने कर्मचारीलाई कर्मचारी मिलन केन्द्रले स्वागत तथा बिदाई गर्दैआईरहेको छ । 

अाजै महाकाली नदि नियन्त्रण आयोजनाका ईन्जिनियर दामोदर सापकोटा  र राजेशकुमार पौडेललाई स्वागत गरेका हुन । दार्चुला जिल्ला बाट बझाङ सरुवा भएका जोशी १५ महिना  दार्चुलाकाे सहायक प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा रहेका थिए । आफनो जिल्ला बसाई सुखद एव सफल रहेको जाेशीले प्रतिक्रीया दिनु भयो । जिल्ला बसाईको क्र्ममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने जिल्ला बासिलाई जाेशीले धन्यबाद समेत दिनु भएको छ । उहाँको ठाउँमा बझाङ जिल्ला प्रशासन कार्यालय बाट टेकबहादुर कुवर दार्चुला आउने भएका छन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशी प्रविधिमा निकै क्षमतावान भएकाले सुचना प्रविधिको विकासमा जाेशीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । बिदाई तथा स्वागत कार्यक्रमा प्रमुख जिल्ला अधिकारी एंव कर्मचारी मिलन केन्द्रका संरक्षक खुमकान्त आचार्यको अध्यक्षतामा  रहेकाे थियाे भने जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न  सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एंव पत्रकारहरुको उपस्थिति रहेको थियो ।