चीनमा कोरोना सङ्क्रमण बढेपछि एसियाली खेलकुद स्थगित

२ बर्ष अघि

२0७९ बैशाख २३ शुक्रबार

चीनमा कोरोना सङ्क्रमण बढेपछि एसियाली खेलकुद स्थगित

एजेन्सी । चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स ९एसियाली खेलकुद० स्थगित भएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छन । 

ओलम्पिक काउन्सिल अफ एसिया ९ओसीए० का कार्यवाहक अध्यक्ष रणधीर सिंहले एसियन गेम्स स्थगित भएको जानकारी दिएका रोयटर्सले जनाएको छ । एसियाली खेलकुदको १९ औँ संस्करण झेजियाङ प्रान्तको राजधानीमा सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो । 

ओसीएको कार्यकारी समितिको बैठकपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो । सन् २०२३ मा व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डर भएका कारण आयोजकले नयाँ मितिको घोषणा गरेको छैन ।