सीमा क्षेत्रमामा आतंकवादी हमला हुनसक्ने भन्दै सीमा सुरक्षा बढाउन तालिबानलाई पाकिस्तानको आग्रह

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

सीमा क्षेत्रमामा आतंकवादी हमला हुनसक्ने भन्दै सीमा सुरक्षा बढाउन तालिबानलाई पाकिस्तानको आग्रह

इस्लामाबाद । पाकिस्तानले पछिल्लो समय सीमा क्षेत्र डुरान्ड रेखा पारि बढ्दो आतंकवादी आक्रमण भइरहेको उल्लेख गर्दै तालिबानलाई सीमा सुरक्षा बढाउन आग्रह गरेको छ। पाकिस्तानले अफगानिस्तानको तालिबान शासनलाई सीमा वरपरको क्षेत्र सुरक्षित गर्न र आतंकवादमा संलग्‍न तत्वविरुद्ध कारबाही गर्न आह्वान गरेको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।

ुपाकिस्तानले अफगानिस्तानको सार्वभौम सरकारलाई दुई भाइ राष्ट्रको शान्ति र प्रगतिको हितमा, पाकिस्तान(अफगान सीमा क्षेत्र सुरक्षित गर्न र पाकिस्तानमा आतंकवादी गतिविधिमा संलग्‍न व्यक्तिहरू विरुद्ध कडा कारबाही गर्न अनुरोध गर्दछ,ु पाकिस्तानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

परराष्ट्र कार्यालयका प्रवक्ता असिम इफ्तिखारले पछिल्लो केही दिनमा पाकिस्तान–अफगान सीमामा आतंकवादी हमलामा उल्लेख्य वृद्धि भएको बताएका छन्। इफ्तिखारले भने, ुआतंकवादीहरूले दण्डहीनताका साथ अफगानिस्तानको माटोलाई पाकिस्तान भित्र गतिविधिहरू गर्न प्रयोग गरिरहेका छन्,ु इफ्तिखारले भने।

पाकिस्तान र अफगानिस्तानले आफ्नो लामो साझा सिमानामा प्रभावकारी समन्वय र सुरक्षाका लागि संस्थागत माध्यमबाट विगत केही महिनादेखि काम गरिरहेको प्रवक्ताले बताए। ुदुर्भाग्यवश, टीटीपीलगायत सीमा क्षेत्रमा प्रतिबन्धित आतंकवादी समूहका तत्वहरूले पाकिस्तानको सीमा सुरक्षा चौकीहरूमा आक्रमण गर्न जारी राखेका छन्, जसले गर्दा धेरै पाकिस्तानी सेनाको मृत्यु भएको छ,ु इफ्तिखारले भने।

बिहीबार अफगानिस्तानबाट सञ्चालित आतंकवादीहरूले उत्तरी वजिरिस्तान जिल्लामा सात पाकिस्तानी सेनाका सैनिकहरू मारिएको पनि इफ्तिखारले जानकारी दिए। अर्को तर्फ तालिबान अधिकारीहरूले पाकिस्तानी सेनाले शनिबार बिहान रकेट प्रहार गरेको आरोप लगाएका छन्।