मालदिभ्समा पनि श्रीलंका जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

मालदिभ्समा पनि श्रीलंका जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी

काठमाडौं– श्रीलंकाजस्तै मालदिभ्सको अर्थतन्त्र पनि पर्यटनमा आधारित छ । पछिल्लो दुई वर्षमा कोरोना भाइरसको महामारीका कारण पर्यटकहरुको आगमन घटेकाले मालदिभ्स पनि श्रीलंकाजस्तै आर्थिक संकटमा फस्नसक्ने त्यहाँको अखबारले चेतावनी दिएको छ ।

मालदिभ्स भ्वाइस नामक अखबारले मालदिभ्समा पनि श्रीलंकाको जस्तै अवस्था आउने चेतावनी दिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
श्रीलंकाजस्तै मालदिभ्सले पनि विदेशी ऋणदाताहरुबाट ठूलो परिमाणमा ऋण लिएको मालदिभ्स भ्वाइसले जनाएको छ ।

यद्यपि पछिल्लो समय मालदिभ्सको अर्थतन्त्र श्रीलंकाको तुलनामा सकारात्मक नै रहेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकले मालदिभ्सको अर्थतन्त्रमा वर्ष २०२२ सुधार आउने प्रक्षेपण गरेको एएनआईले जनाएको छ ।