राहुल गान्धी लाई नेपाल मा सुरक्षा दिइएन्, मेरियट मा बास

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

राहुल गान्धी लाई नेपाल मा सुरक्षा दिइएन्, मेरियट मा बास

काठमाडौ ।  भारतीय राष्ट्रिय कांग्रेस पार्टीका शीर्ष नेता राहुल गान्धी निजी भ्रमणमा काठमाडौँमा छन्। निजी भ्रमण भएको हुनाले गृह मन्त्रालयले उनलाई सुरक्षाकर्मी दिएको छैन । निजी भ्रमण भएको हुनाले सुरक्षाकर्मी उपलब्ध गराउने बारे कुनै आदेश नभएको उपत्यका प्रहरी कार्यालयका एकजना उच्च अधिकृतले बताए।
भारतीय राष्ट्रिय काँग्रेसका पूर्व अध्यक्ष गान्धी सुम्निमा उदासको विवाहमा सहभागी हुन नेपाल आएका हुन् । सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका उनी साँझ ठमेल स्थित नाइट क्लब एलओडी ९लर्ड अफ द ड्रिङ्क्स०मा गएका थिए ।

एक निजी टेलिभिजन च्यानलकी पूर्व संवाददाता सुम्निमाका पिता भीम उदासले –‘हामीले राहुल गान्धीलाई छोरीको विवाहमा उपस्थित हुनका लागि निम्ता गरेका थियौँ ।’ राहुल नक्साल स्थित मेरियट होटलमा बसेका छन् । वैशाख २२ मा बौद्ध स्थित हायात रिजेन्सी होटलमा सुम्निमाको विवाहको रिसेप्सन आयोजना गरिएको छ । राहुल यसअघि २०१८ मा कैलाश मानसरोवर जानका लागी काठमाडौँ आएका थिए ।