सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल(भारत साहित्य महोत्सव सकियो

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल(भारत साहित्य महोत्सव सकियो

काठमाडौं । सातबुँदे घोषणापत्र जारी गर्दै नेपाल(भारत साहित्य महोत्सव सम्पन्न भएको छ । वैशाख १६ देखि १८ गतेसम्म चलेको महोत्सवमा नेपाल तथा भारतका विभिन्न प्रान्तमा आएका तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेको महोत्सवको पहिलो दिन नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउने साहित्यकारहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा डा। वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, डा। गोविन्दराज भट्टराई, बैरागी काइँला, प्राज्ञ माया ठकुरी, डा। गार्गी शर्मा, वेन्जु शर्मा, पद्मावती सिंह, हिरण्यकुमारी पाठक लगायत छन् । महोत्सवमा कार्यपत्र प्रस्तुति, बहुभाषिक कवि गोष्ठी, प्यानल डिस्कसन, काव्य मुशायरा लगायतका कार्यक्रम राखिएको थियो ।

जारी गरिएको सातबुँदे घोषणापत्रमा नवोदित तथा लुकेका प्रतिभाहरुलाई प्रोत्साहन दिने, अन्तरदेशीय अनुवाद आदानप्रदान गर्ने, साहित्य महोत्सवलाई निरन्तरता दिने लगायतका विषय छन् । नेपाल(भारत साहित्य महोत्सवको अध्यक्षता राधेश्याम लेकालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व डा। विजय पण्डितले गरेका थिए । अनलाइनखबर