संकटको समाधान सबैको सहयोग जरुरी

२ बर्ष अघि

२0७९ बैशाख २२ बिहीबार

संकटको समाधान सबैको सहयोग जरुरी

कोलम्बो । श्रीलंकाली राष्ट्रपति गोटाभाय राजापाक्षले देशमा देखिएको आर्थिक संकट अन्त्य गर्न सबै एक हुनुपर्ने बताएका छन् । मुलुकको संकट सबैको साझा भएको जनाउँदै राजापाक्षले संयुक्त प्रयासबाट मात्र समाधान गर्न सकिने बताएका छन् ।

विश्व श्रमिक दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले ‘श्रमिकहरूको हक अधिकार सुनिश्चित गर्न मुलुकको आर्थिक संकट समाधान गर्नुपर्ने’ बताए । सरकारलगायत सबै दलहरूको साझा प्रयासले मात्र देशमा जारी समस्या समाधान गर्न सकिने राष्ट्रपति राजापाक्षले बताए । श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि इन्धन, खाद्यान्न तथा औषधिलगायतका अत्यावश्यक सामग्रीको चरम अभाव छ ।