स्थानीय निर्वाचनमा जाने पर्यवेक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम

२ बर्ष अघि

२0७९ बैशाख २0 मंगलवार

स्थानीय निर्वाचनमा जाने पर्यवेक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम

बैशाख २० दार्चुला । राष्ट्रिय निर्वाचन परिवेक्षण समिति (नियोक) दार्चुलाले निर्वाचनमा खटिने पर्यवेक्षकको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । सदरमुकाम खलंगामा स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो ।

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि दार्चुलामा नियोकले परिवेक्षण गर्दैछ । जिल्लामा १२ जना पर्यवेक्षक खटाउने गरी नियोकले विवरण पठाएको नियोक दार्चुलाका अध्यक्ष नरेन्द्रसिह कार्कीले बताउनुभयो । सकेसम्म सबै स्थानीय तहका एक मतदान केन्द्र समेट्ने गरी पर्यवेक्षक खटाउने व्यवस्था गरिएको छ । परिवेक्षणमा खटिने पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिता, उनीहरुले ध्यान दिनुपर्ने कुराहरुको बारेमा अभिमुखीकरण गरिएको छ । नियोकले पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिह धामीलाई स्रोत व्यक्ति प्रशिक्षकको रुपमा खटाएको थियो ।