स्थानिय तह निर्वाचनमा कर्मचारी परिचालन बारे नीजामती कर्मचारी संगठनको ध्यानाकर्षण (बिज्ञप्ति सहित)

२ बर्ष अघि

२0७९ बैशाख २0 मंगलवार

स्थानिय तह निर्वाचनमा कर्मचारी परिचालन बारे नीजामती कर्मचारी संगठनको ध्यानाकर्षण (बिज्ञप्ति सहित)


बैशाख २० दार्चुला । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान स्थलमा खटिने कर्मचारीहरु विभिन्न संघ÷संगठनका पदाधिकारी रहेको भन्दै नेपाल निजामती कर्मचारी संगठनले विज्ञप्ती निकालेर विरोध गरेको छ ।
बैशाख १९ मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलाले निर्वाचनमा खटिने कर्मचारीहरुको नामावली सार्वजनिक गरेपछि नीजामती कर्मचारी संगठनले विज्ञप्ती जारी गरेको हो । विज्ञप्तीमा ट्रेड युनियनका पदाधिकारी समावेश गरिएको, अधिकृत र जेष्ठ नायव सुव्वा कर्मचारी नखटाएको, मापदण्ड विपरित सिमित विद्यालयका शिक्षक मतदान अधिकृतमा खटाएको, जेष्टता र तहलाई ख्याल नगरिएको, करारका कर्मचारी खटाएको, उम्मेदवारका आफन्तलाई निर्वाचनमा खटाएको विज्ञप्तीमा भनीएको छ । स्थनीय निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ विपरित कर्मचारी खटनपटन प्रति ध्यानाकर्षण भएको कर्मचारी संगठनको ठहर छ ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश कोमल प्रसाद आचार्यले भने निर्वाचन कार्यालयले दिएको कर्मचारीहरुको लिष्टका आधारमा कर्मचारीहरुलाई मतदान स्थलमा अधिकृत र सहायक मतदान अधिकृतको रुपमा खटाइएको हो, कुनै ट्रेड युनियनका पदाधिकारी परेका छन् भने आधिकारिक रुपमा जानकारी भएपछि सच्याइने बताउनु भयो । जहाँ सम्म करारका कर्मचारी र जेष्टताका आधारमा कर्मचारी खटाइएको विषयमा एकै मतदान स्थलमा त्यस्तो नभएको र कसैले लिखित र प्रमाणका आधारमा मुख्य निर्वाचन कार्यालयमा जानकारी आए त्यस्तो विषय सच्याइने आचार्यको भनाई छ । स्थानीय तह निर्वाचनका लागि दार्चुला जिल्लामा १ सय ३९ वटा मतदान स्थल रहेका छन् । पाँच सय भन्दा कम मतदाता भएको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक अधिकृत सहयोगी कर्मचारी गरी ४ जना र पाँच सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी खटिने छन् ।  निर्वाचनमा खटिने कर्मचारीहरुको अन्तिम नामावली बैशाख २१ गते भित्र तोकीसक्ने र बैशाख २७ गते कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगीसक्ने मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिनुभयो ।