यसरी मनाइयो नेपाल अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ, प्रधानमन्त्रीसहित सबै दलका नेता सहभागी

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

यसरी मनाइयो नेपाल अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ, प्रधानमन्त्रीसहित सबै दलका नेता सहभागी

काठमाडौं । नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध कायम भएको ७५औं वर्षगाँठका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौंमा अमेरिकी राजदूतावासले पनि एक समारोहका बीच कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता सुवास नेम्वाङ, लोसपा नेता राजेन्द्र महतो, कलाकारहरु, व्यवसायीहरु सहभागी थिए ।

कार्यक्रमबारे अमेरिकी दूतावासले भनेको छ, ‘हामीले ७५ वर्ष लामो साझेदारीको यात्रा पालना गरेका छौं, जसमा सँगै मिलेर लोकतन्त्र सुदृढिकरण, विधिको शासन, सुशासन, तथा पारस्परिक समृद्धिको उत्थान गर्नु केही प्रमुख उद्देश्यमध्ये थिए। आज नेपालका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी लगायत विभिन्न प्रतिष्ठित पाहुनाहरूसँगै नेपाल(अमेरिका सम्बन्धको ७५औं वर्षगाँठ मनाउने समारोहमा सहभागी हुनुभयो।

नेपाल र अमेरिकाबिचको सम्बन्ध पुस्तौं पुस्तादेखि निरन्तर जारी छ र पिसकोर, युएसएआइडी, एमसिसी लगायत विभिन्न कार्यक्रम र सहभागितामार्फत जनस्तरमै अपनत्व कायम गर्ने र फुलब्राइट वा आइभिएलपी लगायत अनेकौं आदानप्रदान कार्यक्रममार्फत अझै सुदृढ बनाउन हामी प्रयत्नरत पनि छौं।