अफगानिस्तानमा पूर्ववर्ती सरकारका झण्डै ५ सय अधिकारी मारिएको वा बेपत्ता पारिएको खुलासा

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

अफगानिस्तानमा पूर्ववर्ती सरकारका झण्डै ५ सय अधिकारी मारिएको वा बेपत्ता पारिएको खुलासा

काठमाडौं– गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता पूर्ववर्ती सरकारको मातहतमा काम गरेका झण्डै ५ सय मारिएको वा बेपत्ता पारिएको खुलासा भएको छ ।

अमेरिकी अखबार न्यू योर्क टाइम्सले प्रकाशन गरेको अनुसन्धानले पूर्ववर्ती सरकारको मातहतमा काम गरेका कर्मचारी, सैनिक, अमेरिकी सैनिक अभियानसँग निकट रहेका गरी झण्डै ५ सय जनाको हत्या वा अपहरण भएको जनाएको छ ।


न्यू योर्क टाइम्सको अनुसन्धानका अनुसार अफगानिस्तानको बाघलान प्रान्तमा मात्रै ८६ जनाको हत्या भएको छ । यसबाहेक कन्दाहार प्रान्तमा मात्रै ११४ जनालाई बेपत्ता पारिएको छ ।

न्यू योर्क टाइम्सका अनुसार तालिबानले आम माफीका नाममा पूर्व सैनिकहरुलाई पहिचान खुलाउन लगाउने र त्यसपछि उनीहरुको हत्या तथा अपहरण गर्ने गरेका छन् ।

यता तालिबानका अधिकारीहरुले भने पूर्ववर्ती सरकारका अधिकारीको हत्या र अपहरण गरेको भन्ने आरोपको खण्डन गरेका छन् । तालिबानले विश्वमा आफ्नो बदनाम गराउनका लागि विपक्षीहरुले दुष्प्रचार गरेको टिप्पणी गरेको न्यूयोर्क टाइम्सले जनाएको छ