पाकिस्तानले भुटानलाई हरायो, सेमिफाइनल पुग्न नेपाललाई जित चाहियो

६ बर्ष अघि

२0७५ भाद्र २३ शनिबार

पाकिस्तानले भुटानलाई हरायो, सेमिफाइनल पुग्न नेपाललाई जित चाहियो

दृष्टिकोण समाचार भदौ २३ दार्चुला ।    साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भुटानमाथि सहज जित हात पारेको छ । ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलमा पाकिस्तानले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको हो ।पहिलो हाफमा दुई गोलको अग्रता बनाएको पाकिस्तानले दोस्रो हाफमा थप एक गोल थपेको थियो । खेलमा पाकिस्तानले २१औं मिनेटमा मोहम्मद रियाजको गोलबाट अग्रता लिएको थियो । ८ मिनेटपछि हसन नाविद बसिरले अग्रता दोब्बर बनाए ।दोस्रो हाफमा भने बैकल्पिक खेलाडीको रुपमा मैदानमा छिरेका अहमद फाहिमले अतिरिक्त समयमा गोल गर्दै जित ३-० गोलको जित दिलाए ।पाकिस्तानले समूह चरणको ३ खेलबाट ६ अंक बनाएको छ । पहिलो खेलमा नेपाललाई २-१ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा अयोजक बंगलादेशसँग पाकिस्तान १-० ले पारजित भएको थियो ।बंगालदेशले शतप्रतिशत जित हात पार्दै ६ अंक बनााएको छ । पहिलो खेलमा भुटानलाई २-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानमाथि १-० गोलको जित निकालेको थियो ।नेपालको भने ३ अंक मात्रै छ । पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हरायो ।नेपालले सेमिफाइनलमा स्थान बनाउन आज ७ बजे हुने खेलमा घरेलु टोली बंगलादेशलाई हराउनु पर्ने हुन्छ । यदि नेपालले जितेमा पाकिस्तानसँगै नकआउट चरणमा पुग्नेछ । हार वा बराबरीले प्रतियोगिताबाट बाहिरिनेछ ।