गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा गम्भीर त्रुटि, वाइडबडी जहाज सञ्चालन गर्न नसकिने

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्णमा गम्भीर त्रुटि, वाइडबडी जहाज सञ्चालन गर्न नसकिने

नेपालको नागरिक उडड्यनको क्षेत्रमा विशेष महत्वका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण र डिजाइनमा नै गम्भीर त्रुटि भेटिएको छ । विमानस्थलको धावन मार्गमा जहाज अवतरण पछि ट्रनिङ स्पेस नपुग्ने समस्या देखिएको हो । जसको कारण गर्दा उक्त विमानस्थलमा तत्काल नै वाइडबडी जस्ता ठूला जहाज सञ्चालन गर्न नसकिने भएको छ ।

बिहिबार परीक्षण उडानको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा गएको नेपाल एअरलाइन्सको राष्ट्रिय ध्वजाबाहक जहाज ए–३३० रनवेमै अड्किएको थियो । जहाज अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको हो । जहाज २–८ रनवेबाट ल्याण्ड हुनुपर्ने हो । तर पाइलटले नयाँ विमानस्थल भएको कारण गर्दा २–८ रनवेमा ल्याण्ड गर्न असहज महसुस गरेका थिए । र अर्को विकल्प मागे । प्राविधिकहरुले १–० रनवेमा अवतरण गर्न अनुमति दिए । त्यसपछि उक्त रनवेमा जहाज सुरक्षित तरिकाले अवतरण भएपनि मोड्नको लागि स्पेस पुगेन । र टोइङ गर्नुपर्यो । टोइङ भनेको जहाज आफ्नै क्षमतामा रनवेबाट फर्कन नसकेपछि टोइङ भेक्कलको मदतमा तान्नु हो ।