चिनियाँ भेरोसेल खोप असफल , निरन्तर संक्रमीत संख्या थपिदै

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

चिनियाँ भेरोसेल खोप असफल , निरन्तर संक्रमीत संख्या थपिदै

एजेन्सी – चीनमा पछिल्लो केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घण्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ 

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र ५,६४६ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समयमा यहाँ चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस शहरमा मात्र गएको २४ घण्टायता ५,४८७ जना संक्रमित देखिएका बताइएको छ ।

चीनका विभिन्न शहर र राजधानी बेइजिङमा थप संक्रमितहरु देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी शहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।
पछिल्ला हप्ताहरुमा चीनको सांघाइ शहरमा सबैभन्दा धेरै संक्रमितहरु देखिन थालेका हुन् । सांघाइ शहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।