नेपाल रेल वे परियोजनामा चिनियाँ स्वार्थ र गहिरिदो ऋण

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

नेपाल रेल वे परियोजनामा चिनियाँ स्वार्थ र गहिरिदो ऋण

काठमाडौ । नेपाल र चीन सरकार विच रेल निर्माणको चर्चा सुरु भएको छ बर्ष बढी भइसकेको छ तर रेल वे काहा बाट नेपाल प्रवेश गराउने विषयमा अन्योलता देखिएको छ।

चिनले रेल वे परियोजना मा आफ्नो स्वार्थ अनुसारको प्रतिबेदन मात्र सार्बजनिक गर्ने गरेको छ।

चीनिया अध्ययन कर्ताहरुले राम्रो बिकल्पको रुपमा सगरमाथा संरक्षित क्षेत्रबाट सुरुङ्ग निर्माण गरि नेपाल र चीनलाई रेल मार्गमा जोड्ने प्रस्ताव अगाडि सारेको छ।अती महङ्गो हुने यो रेल मार्ग नेपालको हितमा भने हुने छैन ।

यस्को लागत मात्र आठ खर्ब रुपैयाँ लाग्ने बताइएको छ।यो सुरुङ्ग सहित निर्माण हुने रेलमार्ग चिनको स्वसासित क्षेत्र तिब्बत को सिगात्से देखि केरुङ्ग हुँदै नेपालको राजधानी काठमाडौ जोड्ने भनिएको छ।रेलमार्ग ५१३ किलोमीटर हुने र लागत करिब ८ खर्ब २७ करोड हुने बताइएको छ।

चिनले आफ्नो निर्यात ब्यापारलाइ दक्षिण एसियाका सबै मुलुक सम्म पुर्याउने उदेश्यले यत्रो महँगो रेल मार्गको प्रस्ताव अघि सारेको छ।यो रेलमार्ग नेपालको हितमा भन्दा पनि चीनिया हरुको स्वार्थ केन्द्रित रहेको छ।

यत्रो ठूलो ऋण रकममा निर्माण हुने यो रेल मार्गले नेपालको निर्यात ब्यापारमा कुनै ठूलो उपलब्धि गर्न सक्ने अवस्था छैन तर चिनले आफ्नो निर्यात ब्यापारलाइ बढाउने उदेश्यले मात्र यो रेलमार्गको प्रस्ताव अघि सारेको छ।यस्मा थुप्रै कानुनी जटिलताहरु आउने बिज्ञहरुले अनुमान लगाउदै आइरहेका छन चिनले स्वसातित क्षेत्र  तिब्बतलाइ प्राथमिकतामा राखेर दक्षिण एसिया सङ्ग जोड्ने रणनीति अनुसारनै यो महत्वाकांक्षी रेलमार्गलाइ प्राथमिकतामा राखेको छ यदि यो रेलमार्ग निर्माण भयो भने नेपाल हुँदै दक्षिण एसियाका अरु देश सङ्ग पुग्ने उस्को रणनीति दाउ रहेको छ।

तर यो नेपालले भने ठूलो ऋणको भार ब्यहोर्नु पर्ने हुन्छ अहिले नै वैदेशिक ऋण १७ खर्ब भन्दा बढी रहेको हाम्रो जस्तो गरिब मुलुकले रेल निर्माणमा लाग्ने अरु ८ खर्ब ऋण थपिदा २५ खर्ब भन्दा बढी ऋण पुग्ने अनुमान गरिएको छ यसले मुलुकको आर्थिक अबस्थानै टाट पल्टने अबस्थामा पुग्ने खतरा हुन सक्छ यस्ले मुलुकलाइ जर्जर अबस्थामा पुर्याउछ ।

नेपाल आयात मुखी देश हो त्यसै पनि बार्सिक अर्बौं रुपैया चीन पुग्ने गरेको छ यसबाट नेपालको बिदेशी मुद्राको संचिति घटेर गैरहेको छ निर्यात व्यापार बढाउन नसक्दा देशको अर्थतन्त्र कमजोर भैरहेको छ यस्तोमा यति ठुला प्रोजेक्ट ऋण रकममा निर्माण गर्नु ठूलो चुनौती हुने अर्थ बिज्ञहरुको भनाइ छ।

सगरमाथा क्षेत्रबाट रेलमार्ग बनाउदा बाताबरणिय क्षेत्रमा पनि ठूलो असर पुग्ने देखिन्छ हिमालय क्षेत्रमा तापक्रम कम हुने भएकोले त्याहाका बनस्पति हरुको बिनास गर्नु पर्ने हुन्छ  बनस्पतिको बिनासले भु(क्षय र हिमपहिरोको प्राकृतिक जोखिम बढेर जान्छ त्यस्ले बिस्वको सबै भन्दा अग्लो पर्यावरणीय चक्र भएकोले हिमाली भेगमा पाइने हिउँ चितुवा  र तिनका आहार सहितका दुर्लभ प्रणालीमा गम्भीर असर पर्ने देखिन्छ।

पाहाड फोरेर सुरुङ्ग मार्ग बनाउन पर्ने भएकोले त्यहा भित्र रहेका महत्त्वपूर्ण खनिज पदार्थ हरु नस्ट भएर जाने हुदा दरार र भुकम्पिय जोखिम पनि बढेर जान्छ यस बाट के देखिन्छ भने यदि चिनले प्रस्ताव गरेको सगरमाथा सरक्षित क्षेत्र  हुँदै रेलमर्ग निर्माण गरियो भने लागत पनि धेरै महङ्गो हुने र पर्याववरणिय क्षेत्रमा पनि नेपाले ठुलो क्षती ब्यहोर्नु पर्ने भएकोले यसबारेमा गहिरो अनुसन्धान गर्न जरुरी देखिएको छ।