बिआरआई बिरुद्ध नेपालमा आक्रोश, चीनियाँ राष्ट्रपतिको पुतला दहन

२ बर्ष अघि

२0७९ बैशाख १८ आईतवार

बिआरआई बिरुद्ध नेपालमा आक्रोश, चीनियाँ राष्ट्रपतिको पुतला दहन

नेपालको परराष्ट्र नीति परिवर्तन भईरहेको आंकलनहरुका बीच दुई अहम छिमेकी राष्ट्रहरुसंगको सम्बन्ध बहूत चासोको बिषय हो । अनेकौं सुविधा र असुविधाका बाबजुद हामि छिमेकि बदल्न सक्तैनौं भन्ने कुरो विश्वव्यापी सत्य हो । तर हाम्रा दुई छिमेकी जुन की विश्व राजनीतिमा शक्तिशाली रहेका राष्ट्र पनि हुन, भारत र चीन बीचको हाम्रो सम्बन्ध भने सहजतापुर्ण बनाउनमा अग्रसरता नेपालले आफै लिनु पनि आवश्यक छ । शांतिप्रिय देश भनेर चिनिने नेपालले पछिल्लो समय जसरी उग्रता देखाउनमा आफ्नो स्वाभिमान देखिरहेको छ त्यो कदापि लाभदायक छैन ।


चीन एक गम्भीर, प्रगतिशील, शक्तिशाली तर षड्यन्त्रकारी राष्ट्र रहेको कुरो कसैसंग लुकेको छैन । नेपाल जस्तो विकासशील र सुधारोन्मोख राष्ट्र जसले मितव्ययिता र समन्वयकारी भूमिका निर्वहन गर्दै आएको छ । जसले आफ्नो परराष्ट्र नीतिमा समान दृष्टि राख्दै आएको छ । चीनले आफ्नो प्रभावमा कम्युनिस्ट दल र सरकारहरुलाई नेपालको भारतीय सामिप्यता बिरुद्ध काममा लगाउने नैतिकहिन प्रयत्नहरु गरे । जसले नेपालको स्वाभिमान र आत्मसम्मानमा मात्रै ठेस पुगेन एक सरल स सहज मित्रराष्ट्र जोसंग सदियौं देखि सुमधुर सम्बन्ध कायम छ तिक्तताहरु उत्पन्न भए । 

भारतको विकल्पमा आफुलाई देखाउने प्रयास गरेका चीनले धेरैबेरसम्म भ्रम फैलाईरहन सकेन । कोविड (१९ का वेला चीनले अनेकन बहानामा नेपालसंगको वाचाहरु बिर्सेर गए ।
 उसको चालाकी जगजाहेर भएर गयो । तर त्यही समयमा भारतले उदाहरणीय सहयोग गरेर वास्तविक मित्रको परिभाषा बयान गरे ।


चीनीयाँ प्रयोजनको भारतबिरुद्ध का गतिविधिमा अब नेपाली जनताको आँखा खोलीसकेको छ । चीनको परराष्ट्र नीति र विस्तारवादी षड्यन्त्र छर्लङ्ग भैसकेको हो । नेपाल र भीरतबिचको मैत्री सम्बन्ध अजर अमर छ ।

चीनीयाँ चालहरु बिरुद्ध देशमा बिरोधका स्वरहरु जोड़ले उठ्न थालेको छ ।
चीनसँगको गोप्य बीआरआई सम्झौता विरुद्ध पर्साको विगरगञ्जमा केहिँदिन पहिला पनि प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियान निकट विद्यार्थीहरुको विआरआई सम्झौता राष्ट्रघाती भएको भन्दै प्रदर्शन गरेका हुन।

बीरगंज स्थित माइस्थान चौकमा भएको प्रदर्शनमा बीआरआई सम्झौता खारेज गर्न माग गरिएको छ। विधार्थी परिषदका नेतृत्वमा भएको बिरोध प्रदर्शनमा राष्ट्रघाती बीआरआई सम्झौता सार्वजनिक गर, चिनिया विस्तारवाद बन्द गर, पोखरा बिमानस्थलमा भएको भष्टाचार छानबिन गर, रेलको बहानामा सैन्य विस्तार बन्द गर, अघोषित नकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सुचारु गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाइएको थियो ।


विद्यार्थीहरुले चीनविरूद्ध नारा लगाउँदै चिनियाँ राष्ट्रपति सी चिङफिङको पुतला समेत दहन गरेका छन् । बीआरआई अन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी आठ दशवटा परियोजनामा चिनियाँ लगानी भित्र्यान खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनको पहिचान भइसकेको छैन ।

अबको बाटो सन्तुलित र सम्मानित परराष्ट्र नीतिको हो । नेपालमा बाहिरि शक्तिले आफ्नो अभीष्ट पूर्तिका लागि जोड़बल गर्नु अस्वभाविक हो जसलाई हामिले निस्तेज पार्न एकमत हुनु पर्दछ ।