अागामी बर्ष महाकाली नगरपालिकाका सबै आधारभुत विद्यालयमा अंग्रेजि माध्यममा पढाई सञ्चालन गरिने

६ बर्ष अघि

२0७५ भाद्र २३ शनिबार

अागामी बर्ष महाकाली नगरपालिकाका सबै आधारभुत विद्यालयमा अंग्रेजि माध्यममा पढाई सञ्चालन गरिने

राम सिह धामी, सुदुरदृष्टिकोण समाचार भाद्र २३ दार्चुला । शिक्षाको गुणष्तर वृद्धिका लागी विज्ञान र प्रविधिमा अग्रसर्ता दिईरहेकाले महाकाली नगरपालिकामा पनि  आर्थिक बर्ष २०७६ बाट सबै आधारभुत विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पढाई सञ्चालन गर्ने महाकाली नगरपालिका प्रमुख हंषराज भट्टले बताउनु भयो ।   दार्चुला जिल्ला सदरमुकामा रहेको महाकाली नगरपालिका शैक्षिक नगरी बनाउनका लागी शिक्षक ,अभिभावक तथा विद्यार्थिहरुले सहयोग गर्नसबै महाकाली नगरपालिका बासिले सहयोग गर्नुपर्ने नगर   प्रमुख भट्टको भनाई छ ।  ३९ औँ शिक्षा दिवस तथा ५२ औँ अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले दार्चुला जिल्लामा रहेका महाकाली नगरपालिकालाई एकवर्ष भित्रै शैक्षिक नगरी घोषणा गर्न सकिने बताउनु भयो ।

शिक्षा क्षेत्रको विकासका लागी सबै स्थानीय सरकारहरुले चाँसो चिन्ताको प्रत्याभुति गरि पहिलेको भन्दा परक तरिकाबाट शिक्षा दिवस मनाएर हरेक क्षेत्रको शिक्षा परिवर्तन गर्न दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुले सोच्नु पर्ने अवस्था आएको शिक्षा समन्वय एकाई दार्चुलाका प्रमुख जयदेब महराले आग्रह गरेका छन ।

देशभरी शिक्षा एैन लागु गरिरहदा माध्यमिक विद्यालय सम्मको शिक्षा निशुल्क भनेर सरकारले घोषणा गरिएको भएपनि दार्चुला जिल्लाभरीका सरकारी विद्यालयहरुमा विभिन्न बाहानामा शुल्क उठाईरहेकाले यसमा सबैको ध्यान जानु आवश्यक रहेको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकर सिह धामीले बताउनु भयो । त्यसैगरि शिक्षा दिवसको शुभकामना दिदै महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाका प्रध्याना ध्यापक राम दत्त जोशीले शैक्षिक शुधारका लागी विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थिहरले आफ्नो बानि सुधार गरेमा मात्रै शिक्षामा सुधार गर्न सकिने बताउनु भयो । महाकाली नगरपालिका दार्चुलाको आर्थिक सहयोग तथा महेन्द्र नमुना माविको सह आयोजनमा सञ्चालन गरिएको ३९ औँ शिक्षा दिवस तथा ५२ औँ अन्तराष्ट्रिय दिवस दार्चुला जिल्ला भरि रहेका सबै स्थानीय तहहरुले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन ।