दार्चुलामा ३२३ पदमा ७७२ जनाको उम्मेदवारी

२ बर्ष अघि

२0७९ बैशाख १३ मंगलवार

दार्चुलामा ३२३ पदमा ७७२ जनाको उम्मेदवारी

दार्चुला ।  आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलामा पनि आइतबार र सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका नौँ वटै स्थानीय तहमा ३२३ पदका लागि ७७२ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिपसिंह धामीले जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी धामीका अनुसार ९ जना अध्यक्ष तथा प्रमुख पदका लागि ४० जनाको उम्मेदवारी परेको छ ।  ९ जना उपाध्यक्ष तथा उपप्रमुख पदको लागि २९ जनाको उम्मेदवारी परेको छ । ६१ जना वडाअध्यक्षका लागि १७६ जनाको उम्मेदवारी परेको छ ।

जिल्लाभरी खुल्ला सदस्यमा २७३ जना, महिला सदस्यमा १३४ जना र दलित महिला सदस्यमा १२० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासंगै राजनीतिक दलबाट टिकट पाएका र स्वतन्त्र उम्मेदवारी दिएकाहरुले प्रचारप्रसार थालेका छन् ।

निर्वाचन आचारसंहिताको पालना गरेर प्रचारप्रसार गर्न निर्वाचन कार्यालयले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।