दार्चुलाका सबै स्थानीय तहमा उम्मेदवारले गरे मनोनयन दर्ता

२ बर्ष अघि

२0७९ बैशाख १२ सोमबार

दार्चुलाका सबै स्थानीय तहमा उम्मेदवारले गरे मनोनयन दर्ता

दार्चुला । वैसाख ३० गते हुने स्थानीय तह निवार्चनको लागि दार्चुलाका सबै स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेले जिल्लाभरी सबै पदमा उम्मेदवारको मनोनयन दर्ता गरेको छ । भने गठबन्धन आवद्ध दलहरुले भागबण्डाको आधारमा उम्मेदवारी दर्ता गरेका छन् । केही स्थानीय तहमा नेकपा (एकिकृत समाजवादी) र स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् ।

जिल्ला सदरमुकामस्थित महाकाली नगरपालिकामा एमालेबाट नगरप्रमुखमा नरसिंह चैसिर, उपप्रमुखमा दुर्गा बिष्ट र गठबन्धनकोतर्फबाट नगरप्रमुखमा कांग्रेशका हंशराज भट्ट र उपप्रमुखमा कांग्रेशकै सुना बोहराले मनोनयन दर्ता गरेका छन् । शैल्यशिखर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा विजयसिंह धामी, उपप्रमुखमा शान्ति खडायत र गठबन्धनको तर्फबाट नगरप्रमुखमा कांग्रेशका अमरसिंह धामी र उपप्रमुखमा कांग्रेशकै राजमती पालको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नौगाड गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्नाले उम्मेदवारी मनोनयन गराउनुभएको छ । गठबन्धनको तर्फबाट अध्यक्षमा माओबादीका दलजितसिंह धामी र उपाध्यक्षमा कांग्रेशका जगतसिंह ठगुन्नाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
लेकम गाउँपालिका एमालेबाट अध्यक्षमा परमानन्द जोशी, उपाध्यक्षमा माधवी जोशी र गठबन्धनकोतर्फबाट अध्यक्षमा माओबादीका रामदत्त जोशी र उपाध्यक्षमा कांग्रेशका सुना जोशीले मनोनयन दर्ता गरेका छन् । मालिकार्नुन गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिरासिंह धामी, उपाध्यक्षमा गोमती भट्ट र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेशका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा माओबादी केन्द्रका कल्यानसिंह धामीले मनोनयन दर्ता गरेका छन् । व्यास गाउँपालिकामा एमालेकोतर्फबाट अध्यक्षमा मंगलसिंह धामी, उपाध्यक्षमा चन्द्रादेबी कुँवर र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेशका दिलिपसिंह बुढाथोकी, उपाध्यक्षमा माओबादीका बिनोदसिंह कुवँरले मनोनयन दर्ता गरेका छन् । दुहुँ गाउँपालिकामा एमालेबाट नरेन्द्र बहादुर सिंह बडाल, उपाध्यक्षमा ताराकेशरी कुवर र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेशका पुलेन्द्रबहादुर कार्की, उपाध्यक्षमा शान्ति बमले मनोनयन दर्ता गरेका छन् । मार्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा देबसिंह महर, उपाध्यक्षमा राजु धामी र गठबन्धनकोतर्फबाट अध्यक्षमा माओबादीका जमनसिंह धामी, उपाध्यक्षमा कांग्रेशका उमेश सिंहले मनोनयन दर्ता गरेका छन् । अपिहिमाल गाउँपालिकामा एमालेबाट अध्यक्षमा धर्मानन्द मन्याल, उपाध्यक्षमा उर्मीला बोहरा र गठबन्धनकातर्फबाट अध्यक्षमा भगतसिंह ठेकरे र उपाध्यक्षमा कांग्रेशका देबकी बोहराले मनोनयन दर्ता गरेका छन् ।

वडाहरुमा गठबन्धनको तर्फबाट भागबण्डा अनुसार उम्मेदवारी मनोनयन भएको छ । भने एमालेले जिल्लाका ६१ वटै वडामा उम्मेदवारी दिएको छ । लेकम लगायत विभिन्न स्थानीय तहमा पालिका अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्ष तथा सदस्य गरी विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी समेत परेको निर्वाचन कार्यालयले जनाएको छ । विभिन्न राजनीतिक दलमा उम्मेदवारी बाँडफाँडबारे असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले राजीनामा समेत घोषणा गरेका छन् ।