प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग छलफल

२ बर्ष अघि

२0७९ बैशाख ११ आईतवार

प्रधानसेनापति शर्माले गरे सबै सुरक्षा निकायका प्रमुखसँग छलफल

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सबै सुरक्षा निकायका प्रमुखसँग सैनिक मुख्यालय जंगीअड्डामा छलफल गरेका छन् । स्थानीय तहको निर्वाचनसम्बन्धमा उनले सबै सुरक्षा निकायका प्रमुखसँग आइतबार छलफल गरेका हुन् । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार छलफलमा नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख पुष्पराम केसी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल लगायतको उपस्थिति थियो ।

सैनिक उच्च अधिकृतहरुसमेत सहभागी छलफलमा सेनाका तर्फबाट निर्वाचनका सन्दर्भमा भएका तयारी र भविष्यमा हुनु पर्ने सहकार्यबारे प्रस्तुतीकरण दिइएको थियो । छलफलमा सबै सुरक्षा निकायका प्रमुखले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न प्राप्त जिम्मेवारीलाई आपसी समन्वय र सहकार्यबाट काम गर्ने निष्कर्ष निकालेको निर्देशनालयले जनाएको छ ।